चलचित्र ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको छ ।

कार्तिक २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चोर र पुलिस’ को ट्रेलर सार्वजनिक भएको हो ।

आरएल लामा मोक्तान निर्देशित चलचित्रमा बुद्धि तामाङ, धिरेन शाक्य, राजेन्द्र खड्की, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत लगायतको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलरमा कलाकार बुद्धि तामाङ प्रहरीको भूमिकामा देखिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट