थप ४१ जनामा कोरोना पुष्टि

रंग नेपाल २०७९ कार्तिक ६ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएकोमा थप ४१ संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

धेरै पढिएका

पछिल्ला अपडेट