नेपालमा पर्यटक भित्र्याउन न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ (तस्वीरहरु)

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ। कोभिड-१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीले अमेरिकाको न्यूयोर्कमा ट्राभल्स शो आयोजना गरेका हुन् ।

ट्राभल ब्युरो अफ नेपालसँगको सहकार्यमा भएको कायक्रममा नेपालका विभिन्न पर्यटकीय क्षेत्रको जानकारी र प्याकेज लिएर नेपालबाट विभिन्न कम्पनीहरूले ट्राभल्स शो मा सहभागिता जनाएका थिए । शो मा विभिन्न देशका १२० भन्दा धेरै कम्पनीहरु सहभागी जनाएको आयोजक एवं नेपाल पर्यटन बोर्डका अमेरिका पर्यटन दूत प्रदिप श्रेष्ठले जानकारी दिए ।

No description available.

शो मा नेपालको पशुपति मन्दिर र स्वयंभूको स्तुपासंगै विभिन्न जातजातिका सांस्कृतिक भेषभुषा, कुमारी नृत्य, नेपाली लोकभाकाका सांस्कृतिक नृत्य, हिमाल आरोहणका समय प्रयोग गरिने सामाग्रीहरु प्रदर्शन गरिएको श्रेष्ठले बताए । हरेक वर्षको अक्टोबरमा हुने उक्त शोको आयोजकले नेपाल को लागि आधिकारिक एजेन्ट मा ट्राभल ब्युरो अफ नेपाल लाई नियुक्त गरेको पर्यटन दूत श्रेष्ठले बताए ।

No description available.

साथै, न्यूयोर्कमा नै आगामी जनवरी २८-२९ , २०२३ मा ट्राभल एण्ड एडभेन्चर शो आयोजना गरिएको छ । उक्त शो को आयोजक कम्पनीले पनि ट्राभल ब्युरो अफ नेपाललाई नै नेपालको लागि आधिकारिक एजेन्ट नियुक्त गरेको उक्त कम्पनीका सिईओ एवं पर्यटन दूत श्रेष्ठले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट