विवाह बन्धनमा बाँधिए लोकदोहोरी गायक छत्र शाही र काजल जोशी

रंग नेपाल २०७९ मंसिर २३ मा प्रकाशित

काठमाडौं । चर्चित लोकदोहोरी गायक छत्र शाही र गायिका काजल जोशीले बिवाह गरेका छन् ।

लोकदोहारीमा चर्चित यो जोडीले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं शुक्रबार पूरा भएको हो ।

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् । कैलालीकी काजल र जुम्लाका छत्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट