गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक (भिडियोसहित)

रंग नेपाल २०७९ पुष २ मा प्रकाशित

चितवन । चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ ।

शुक्रबार सेविल इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ ।

 गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । यस गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ ।

हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ ।

भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् ।  गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन् । गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’ र ‘हिजो आज’लगायत पप गीतहरू चर्चित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट