नेपाल टी-२० लिगमा फिक्सिङ छ: कमेन्टेटर तिमल्सेना

रंग नेपाल २०७९ पुष १९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-ट्वेन्टी लिगमा फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमल्सेनाले दाबी गरेका छन् । १० दिनदेखि लिगको कमेन्टेटर गर्दै आएका सचिनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै फिक्सिङ भएको दाबी गरेका हुन् ।

उनले कमेन्ट्रीका क्रममा आश्चार्य जनक गतिविधी देखेको जुन व्यवसायीक खेलाडीहरुमा हुनै नसक्ने दाबी गरेका छन् । उनले स्पोट फिक्सिङ भएको दाबी गरेका हुन् ।

‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ । आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन । तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ । मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भिडियोमा भनेका छन् ।

कुनै टीममा नेपाली नाम चलेका खेलाडीहरुलाई बाहिर राखेर नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको विषयले आफूलाई सुरुमै अचम्मित बनाएको उनले बताएका छन् । सचिनले भिडियो पोष्ट गर्दै आजबाट नेपाल टी-ट्वेन्टी लिगको कमेन्ट्री नगर्ने बताएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट