पशुपतिमा दैनिक हुने आरतीको प्रत्यक्ष प्रशारण अब टेलिभिजनबाट गरिने

रंग नेपाल २०७९ माघ २१ मा प्रकाशित

काठमाडौं । पवित्र धार्मिकस्थल पाशुपत क्षेत्रमा दैनिक हुने आरतीको प्रत्यक्ष प्रशारण अब टेलिभिजनबाट हुने भएको छ ।

पाशुपत क्षेत्रमा प्रत्येक साँझ हुने पशुपति आरतीको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) बाट हुने भएको हो । आरतीको प्रत्यक्ष प्रसारणले देश तथा विदेशमा रहेका हिन्दु धर्ममा आस्था राख्नेहरु धेरैको मन जित्नेमा नेपाल नेटवर्क टेलिभिजन टीम विश्वस्त रहेको बताइएको छ । आगामी आगामी महाशिवरात्रि फागुन ६ गते साँझ ६ बजेदेखि प्रत्यक्ष प्रसारण शुभारम्भ गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति विकास कोष, पशुपति आरती समिति र नेपाल नेटवर्क टेलिभिजनको संयुक्त प्रयासमा आरतीको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गर्न लागिएको हो । पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको सबै भन्दा ठूलो तीर्थस्थल मानिन्छ । पशुपति क्षेत्रमा साँझको आरती प्रत्यक्ष पशुपतिमा पुगेर हेर्ने संख्या पनि बाक्लै रहने गरेको छ । आरतीको प्रत्यक्ष प्रसारणको प्रोमो नेपाल नेटवर्क टेलिभिजनबाट सार्वजनिक गरिसकिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट