इतिहास रचेर फर्कियो पाइलट भावना र को–पाइलट श्रृजनाको टीम

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

काठमाडौं । नेपालको इतिहासमा नेपाली महिला पाइलटको समूहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड बनाएको छ ।

नेपाल वायु सेवा निगमका पाइलट भावना गिरी र को-पाइलट श्रृजना राउतसहित सबै महिला क्रू मेम्बरहरुले यूएईको उडान गरी नेपाल फर्किएका हुन् ।

उनीहरु बुधबार बिहान काठमाडौं अवतरण गरेका हुन् । नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफ्नो विमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेको हो ।

युएईबाट आज बिहान काठमाडौं आएको नेपाल एयरलाइन्सको एयर बस ३२० जहाजका सबै क्रू मेम्बर महिला मात्रै राखिएको थियो।

विमानमा एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, सङ्गीता केसी र अनिशा प्रजापति रहेका थिए । यसअघि दुबई काठमाडौँका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर सबै क्रू–मेम्बर महिला मात्रै भएर अन्तर्राष्ट्रिय उडान भरेको भने यो पहिलो पटक हो ।

धेरै पढिएका

पछिल्ला अपडेट