आरोप लागेपछि राजेश पायल भन्छन्- प्रमाण ल्याउनुस्, तपाईँको पाउमा मेरो शिर राखिदिन्छु

रंग नेपाल २०७९ फागुन २५ मा प्रकाशित

काठमाडौं । गायक राजेश पायल राईले आफूविरूद्द कपोकल्पीत आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत गायक राईले आपत्ति जनाएका हुन् ।

गायक राईकी पत्नी साङबुङ राईले बुधबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै गायक राईले बच्चालाई तातोपानी खन्याएको बताएकी थिइन् । तर, उनले केही समयमै स्टाटस भने डिलिट गरेकी छिन् ।

साङबुङको उक्त स्टाटसपछि उनको चर्को आलोचना भइरहेको छ । राईले बिना प्रमाण आफूमाथि आरोप लगाइएको बताउँदै पमाण लिएर आउन चूनौती दिएका छन् ।

‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला, नलगे पनि हिजो खन्याको तातोपानी त पक्कै पानी फोका उठ्यो होला, रातो दाग होला ! घाउ होला ,प्रमाण ल्याउनुस्, मेरो शिर तपाईँको हातमा राखिनँ भने म किराँती होइन । यदि मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकि तपाईँको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु, मलाई झन् सराप्नुस् तर त्यति गर्दा चैँ तपाईँको चुल्हो बल्नु पर्छ नि ?,’ गायक राईले लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट