काठमाडौं । मुलुकको राजधानीमा रहेको पहिलो अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदरले बारम्बार आतंक मच्चाउने गरेको छ । पशुपति वनकाली क्षेत्रबाट जाने बाँदरहरू यसअघि पनि विमानस्थलभित्र छिर्दै आएका थिए । विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याइ हुने गरेको छ ।
यसैबीच, हालसालै सामाजिक सञ्जालमा सार्वजनिक एक तस्वीरमा विमानस्थलभित्र यात्रु प्रतिक्षालयमा नै बाँदर देखिएको छ । बाँदर प्रतिक्षालयभित्रै यात्रुहरूको नजिकै बसेको देखिन्छ । बाँदरले यसअघि पनि विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने एवं धावनमार्ग नै छेकिदिने गर्दै आएका छन् । जसले गर्दा कुनै पनि बेला ठूलो दुर्घटना नहोला भन्न सकिँदैन । यसतर्फ सम्बन्धित निकाय गम्भीर हुन आवश्यक देखिन्छ ।