ज्योति मगरले ज्ञानेन्द्र शाहीलाई दिइन् कडा जवाफ

रंग नेपाल २०७९ चैत १ मा प्रकाशित

काठमाडौं । टेलिभिजन अन्तर्वाताका क्रममा पत्रकार ऋषि धमलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजाको विषयलाई लिएर प्रतिप्रश्न गरेको विषयले चर्चा पाइरहेको छ । अन्तर्वार्तामा प्रवक्ता शाहीको प्रतिप्रश्नले पत्रकार धमला नै नाजवाफ जस्तै बनेका थिए । यही विषयमा लोक गायिका ज्योति मगरले प्रवक्ता शाहीलाई कडा जवाफ दिएकी छिन् ।

कार्यक्रममा आक्रमक रुपमा प्रस्तुत भएका शाहीले ‘देश कसले बनाएको ?’ भन्दै पत्रकार धमलालाई प्रतिप्रश्न गरेका थिए । ‘गिभ मी आन्सर’ भन्दै उनले सोधेका थिए, ‘यो देश कसले बनाएको ? राजाले बनाएको देशमा तपाईं किन बसेको ? छोडेर जानु न त ।’

राजाले देश बनाएको भन्ने शाहीको अभिव्यक्तिको खण्डन गर्दै मगरले राष्ट्रवादको खोक्रो नारा लगाएर मिडिया र जनताको ‘अटेन्सन’ लिने काम नगर्न सुझावसमेत दिएकी छन् । देश राजाले बनाएको भन्दै एकाध किताब पढेर जनतालाई बेवकुफ बनाउन नमिल्ने उनको धारणा छ । भौगोलिक परिवेश, संस्कार, संस्कृति, भेषभूषाले सिस्टम बनाएको र त्यसले राजनीति बनाएको मगरको भनाइ छ । राजनीतिलाई फोहोर बनाएर शाहजस्ताले सोझा जनताको भावनामाथि खेलेको उनको आरोप छ ।

‘दुईचार वटा किताब पढेर दुईचार वटा हिस्ट्री पढेको छु भन्दैमा ऋषि धमलालाई चुड्की बजाउँदैमा हामी सबैलाई अर्थात् नेपाली जनतालाई बेवकुफ बनाउनचाँहि पाँइदैन् ’, अगाडि लेखिएको छ,‘मलाई थाहा छ त तपाईंहरु राष्ट्रवादको खोक्रो नारा लगाएर मिडियाको र जनताको अटेन्सन लिने मात्रै हो देश बनाउने हैन,’ उनले लेखेकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट