छायाङ्कनको तयारीमा ‘नाङ्गो गाउँ’

रंग नेपाल २०७९ चैत ७ मा प्रकाशित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को १५ दिनको कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का, रवीन्द्र झालगायतका कलाकारले भाग लिएका थिए । सो क्रममा निर्देशन, उत्पादन, छायाङ्कन र वेशभूषा समूहका प्राविधिकरकलाकारसँग अलग–अलग रूपमा कार्यशाला गरिएको थियो ।

कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा जानकारी गराउन कार्यशाला गरिएको सो चलचित्रका निर्देशक दीपेन्द्र लामाले बताए । यसअघि तीनवटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक लामाले घनीभूत रूपमा गरिएको कार्यशालाबाट सबै पक्षलाई फाइदा पुग्ने विश्वास आफूले लिएको बताए ।

हिमाल शर्माको निर्माणमा बन्न लागेको चलचित्र चैत १० गतेबाट छायाङ्कन सुरु हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट