एकै दिन १६ जनामा कोरोना संक्रमण

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित


काठमाडौं । कोरोना भाइरसको संक्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको संक्रमण आज फेरि १६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयाका अनुसार आज नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको छ । चैत १० गते एक हजार पाँच सय १४ जनामा गरिएको परीक्षणमा दुई र चैत ११ गते एक हजार दुई सय ७२ जनामा गरिएको परीक्षणमा तीनजनामा संक्रमण देखिएको थियो ।

संक्रमित बढेसँगै सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज सक्रिय संक्रमितको संख्या ४२ पुगेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल पनि देखिएको बताए ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट