आजबाट सुरु हुँदै सेतो मच्छिन्द्रनाथको रथयात्रा

रंग नेपाल २०७९ चैत १५ मा प्रकाशित

काठमाडौं  । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज बुधबारबाट सुुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ ।  त्यसपछि ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क र भोटाहिटी हुँदै असन पुग्ने छन् ।

१६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक र मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन पुर्‍याइनेछ । त्यसैगरी, १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति, भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट