दार्जिलिङको खरसाङमा सांस्कृतिक महाकुम्भ सुरू (तस्वीरहरू)

रंग नेपाल २०८० वैशाख २ मा प्रकाशित

दार्जिलिङ । नेपाली नयाँ वर्ष २०८० सालको पहिलो दिन शुक्रबारदेखि भारतको दार्जिलिङको खरसाङ सहरमा तीन दिने सांस्कृतिक महाकुम्भ सुरू भएको छ ।

सांस्कृतिक जन जागरणको अभियान चलाउँदै आएको गोर्खा सांस्कृतिक संस्थानको आयोजनामा सुरू भएको महाकुम्भ भोलि (आइतबार) सम्म चल्ने छ । सन् १९९४ देखि समग्र दार्जिलिङको पहाडी भेकमा खरसाङबाट साँस्कृतिक जन जागरण अभियान सञ्चालन हुँदै आएको छ ।

No description available.

महाकुम्भको पहिलो दिन खरसाङमा विशाल सांस्कृतिक शोभायात्रा निकालिएको थियो । गोर्खाल्याण्ड एड्मिनिस्ट्रेसन (जीटीए)का मुख्य कार्यपाल अनित थापाको आतिथ्यतामा शुभारम्भ गरिएको सांस्कृतिक शोभायात्रामा नेपाली जातिका लोक नृत्य, गीतहरू प्रस्तुत गरिएको थियो ।

No description available.

शोभायात्रा शहर परिक्रमा गर्दै कार्यक्रमको मुख्य स्थल मन्टेभियट मैदानमा पुगेको थियो । मुख्य स्थलमा शोभायात्रा पुगेपछि पण्डित तुलसी अधिकारीले विधिवत रूपमा विश्व शान्ति कामना गर्दै गुरु गोरखनाथको पूजा गरेका थिए । पूजा सम्पन्न भएपछि विश्व शान्तिको कामना गर्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले शान्तिको प्रतीक जोडी परेवा उडाएका थिए ।

No description available.

कार्यक्रममा जीटीएका उपाध्यक्ष राजेश चौहान पनि अतिथिको रूपमा उपस्थित भएका थिए । नेपाली नयाँ वर्षको अवसरमा गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष एवम् खरसाङकी सांस्कृतिक जन जागरणकी अभियन्ता आशा लामा मुखियाले सर्वसाधारणलाई नयाँ वर्षको मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन् । सांस्कृतिक महाकुम्भमा नेपाली पारम्परिक खानपानका साथमा विभिन्न लोक नृत्य साथै लोकगीतहरूको कार्यक्रम आयोजना हुने उनले जानकारी दिइन् ।

यस्तै, कार्यक्रमअन्तर्गत आइतबार गोर्खा सुन्दरी प्रतियोगितासमेत हुनेछ । कार्यक्रम स्थलमा नेपाली घर बनाइएको छ भने साथमा नेपाली खानाका स्टलहरू पनि राखिएका छन् । यसका साथै जातीय पोसाकहरू पनि राखिएका छन् ।

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट