संसदमा प्रधानमन्त्री हराएको सूचना !

रंग नेपाल २०८० वैशाख ३ मा प्रकाशित

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै व्यंग्यात्मक रूपमा सूचना सुनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा उपस्थित नभएको भन्दै व्यंग्यात्मक रूपमा सूचना सुनाएका हुन् ।

यस्तो छ, पन्तले संसदमा सुनाएको सूचना-

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

धेरै पढिएका

पछिल्ला अपडेट