प्रकाश सपूतको ‘सकम्बरी’ ट्रेन्डिङ नम्बर एकमा

रंग नेपाल २०८० वैशाख ३ मा प्रकाशित

काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ‘फूलमाया’ ले युट्युबको ट्रेन्डिङ नम्बर एकमा कब्जा जमाइरहेको छ ।

गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेन्डिङ एकमा पुगेको हो । गीत बिहीबार रिलिज गरिएको थियो । आइतबार यो समाचार तयार पार्दासम्म गीतले ३० लाख बढी भ्यूज पाइसकेको छ ।

गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ। उनलाई गीतमा बर्ता गन्धर्वले साथ दिएकी छिन् । गीतको भिडिओमा सपूत आफैँ, वरिष्ठ कलाकार सुनिल थापा, कुसुम थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन गायक सपूतले नै गरेका हुन् । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट