शो बन्द गरेर कहाँ जाँदैछन् कपिल शर्मा ?

रंग नेपाल २०८० वैशाख ४ मा प्रकाशित

काठमाडौं । भारतीय चर्चित शो ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ ।

शो केही समयका लागि बन्द हुन लागेको हो । पछिल्ला केही वर्षयता कपिल शर्माले कामबाट छोटो समयका लागि बिदा बस्ने बताउँदै आएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो परिवारसँग समय बिताउन केही समयका लागि शो बन्द गर्न लागेका हुन् । कार्यक्रम बन्द भएको अवधिमा निर्माताहरूले पनि यसको स्वरूपमा केही परिवर्तन गर्ने र केही नयाँ कुरा थप्ने बताइएको छ।

यसअघि २०२१ र २०२२ मा पनि कपिलले लामो ब्रेक लिएका थिए । करिब ६ महिनाको ब्रेकपछि कपिल नयाँ कलाकारका साथ आफ्नो शोमा फर्किएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट