राजस्थानकी नन्दिनी गुप्ता बनिन् मिस इन्डिया

रंग नेपाल २०८० वैशाख ४ मा प्रकाशित

एजेन्सी । मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इन्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराएकी थिइन् । अब नन्दिनी मिस वर्ल्ड–२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् ।

नन्दिनी हाल मुम्बईको एक कलेजबाट व्यवसाय व्यवस्थापन संकायको स्नातक तहकाे दोस्रो वर्षमा अध्ययनरत रहेकी छन् । नन्दिनी एक किसान परिवारमा जन्मिएकी हुन् । उनका बुबा सुमित गुप्ता किसान हुन्। सुमित कोटाको सांगोड नजिकैको भण्डहेडामा खेती गर्छन् ।

१९ वर्षको उमेरमा मिस इन्डिया बनेकी नन्दिनीको परिवार कोटाको पुरानो सब्जी मण्डी क्षेत्रमा बसोबास गर्दै आइरहेको छ । नन्दिनीकी आमा गृहिणी हुन् । साथै उनकी कान्छी बहिनी हाल कक्षा ९ मा अध्ययनरत रहेकी छन्।

धेरै पढिएका

पछिल्ला अपडेट