ढल्केबरमा देखिए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

रंग नेपाल २०८० वैशाख ४ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमार नेपाल आएका छन् ।

उनी बाइक राइडमा नेपाल आएका हुन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् ।

बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् । मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीर अहिले सामाजिक सञ्जालमा आएका छन् ।

उनी बाइक राइडमा सोख राख्छन् । गत वर्ष उनी बाइक राइडमै थाइल्याण्ड पुगेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट