वर्षा र संजोगबीच सम्बन्ध बिग्रिएको हो ?

रंग नेपाल २०८० वैशाख १४ मा प्रकाशित

काठमाडौं । केही समयअघिसम्म आइडल जोडीको रूपमा परिचित अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला पछिल्लो समय गुमनाम जस्तैछन् ।

उनीहरू खुलेर मिडियामासमेत आएका छैनन् । कुनै समय जोडीबिना मिडियामा नआउने उनीहरू अहिले मिडियामा देखिए पनि एक्लाएक्लै देखिन्छन् । जसबाट उनीहरूको सम्बन्ध बिग्रिएको हो कि भन्ने आशंका गरिएको छ ।

यसैबीच अभिनेत्री राउतले सामाजिक सञ्जाल इन्टाग्राममा स्टोरी पोष्ट गरेकी छिन् जसबाट उनीहरूको सम्बन्ध बिग्रिएको भन्ने आशंकालाई थप मलजल गरेको छ । वर्षाले इन्स्टा स्टोरीमा एकैपटक चारवटा पोस्ट गरेकी थिइन् ।

पहिलो पोस्टमा उनले  ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन्,’ लेखेकी छिन् ।

दोस्रो पोस्टमा उनले कालो ब्याकग्राउन्ड प्रयोग गरेकी छन् । त्यसमा लेखेकी छन्, ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’

तेस्रो पोस्टमा पनि कालो ब्याकग्राउन्ड प्रयोग गरेर वर्षाले ‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’ भन्दै लेखेकी थिइन् । वर्षाको पोष्टपछि वर्षा र संजोगका फ्यानहरू थप चिन्तित भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट