राधिकाको ‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स (भिडियो )

रंग नेपाल २०८० वैशाख १८ मा प्रकाशित

काठमाडौं । गायिका राधिका विष्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका विष्टको शब्द, संगीत रहेको छ । गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन् ।

२०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन् । बुद्ध थापा र उत्तम हुमागाईले छायांकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका विस्टको युट्युव च्यानल ‘राधिका विस्ट’ मार्फत सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट