काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले अब एसिया कप खेल्नेछ ।
पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।
एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ‘ए’ मा हुनेछन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।