रमेश र एलिनाको ‘ए धोकेबाज’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०८० वैशाख १९ मा प्रकाशित

काठमाडौं । पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ ।

लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्दरचना रहेको गीत ‘ए धोकेबाज’ मा नविन कार्कीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ ।

मायाप्रेम र बिछोडलाइ बेजोड रुपमा देखाइएक गीतको भिडियोमा समीप निरौला , निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय रहेको छ ।

युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाइ नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट