क्लबलाई थाहा नदिइ साउदी अरेबिया पुगेका लियोनेल मेस्सी परे कारबाहीमा

रंग नेपाल २०८० वैशाख २० मा प्रकाशित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई २ हप्ताका लागि निलम्बन गरेको छ ।

क्लबसँग अनुमति नलिइ साउदी अरेबियाको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । २ हप्ताको निलम्बनमा परेका उनले पीएसजीका २ वटा खेल गुमाउने छन् ।

पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेस्सीले सम्झौता नवीकरणको प्रतीक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो ।

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो साउदी लिग खेल्न आएपछि विश्वका शीर्ष खेलाडीहरुको ध्यान साउदी अरेबियाको लिगतर्फ तानिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट