चम्सुरीको ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख २३ मा प्रकाशित

काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वर रहेको ‘तिमी जाने भट्टीतिर’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।

डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार गीत सार्वजनिक गरेकी हुन् । उनले यो गीत आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् । गीतमा कुमार रानाको एरेन्ज र मिक्सिङ रहेको छ ।

मद्यपानको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमानलाई सुधार्ने सन्देश यो गीतले बोकेको छ ।

गीतमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । गीतमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट