नागेन्द्रको संगीत र नविनको शब्दमा रहेको सुस्तरी सुस्तरी सार्वजनिक

रंग नेपाल २०८० वैशाख २४ मा प्रकाशित

काठमाडौं । लामो समयदेखि हङकङमा बसोबास गर्दै आइरहेका वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा रहेको म्युजिक भिडियो सुस्तरी सुस्तरी सार्वजनिक भएको छ ।

रोमान्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बलबहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रेम भाव समेटिएको गीतमा शब्द नविन श्रेष्ठको रहेको छ ।

गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । माया गर्ने प्रेमिल जोडीहरुमा समर्पित गरिएको गीतको भिडियोमा मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको अभिनय रहेको छ ।  भिडियोमा उनीहरुलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।

दिनेश पराजुलीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । जस बहादुर याक्खाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल नागेन्द्र श्रेष्ठमार्फत सार्वजनिक भएको हो ।

यसअघि श्रेष्ठको स्वर र संगीतमा सयौ गीत संगीत सार्वजनिक भैसकेका छन् । दर्जनौ चर्चित गायक गायिकासंग काम गरिसकेका श्रेष्ठ हङकङमा हारमोनियम उस्तादका रुपमा समेत परिचित छन् ।

https://www.youtube.com/watch?v=PLoF5NWca98&ab_channel=NagendraShrestha

धेरै पढिएका

पछिल्ला अपडेट