‘महाभारत’मा आधारित फिल्म बनाउँदै एसएस राजामौली

रंग नेपाल २०८० वैशाख २८ मा प्रकाशित

काठमाडौं । भारतीय फिल्म निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म ‘आरआरआरु’लाई लिएर निकै चर्चामा छन् ।  फिल्मको ‘नाटु नाटु’ गीतले मौलिक विधामा अस्कर अवार्डसमेत जितेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राजामौली ‘महाभारत’मा आधारित फिल्म बनाउने तयारीमा छन् । ‘म अहिले महाभारत बनाउन पूरै तयार छैन । ४-५ वटा फिल्म बनाएपछि मात्रै महाभारतको काम सुरू गर्छु । म महाभारत आफ्नो तरिकाले बनाउँछु । यो फिल्मको लागि एक वर्ष अनुसन्धान गर्छु, त्यसपछि फिल्म बनाउँछु । यो मेरो ड्रिम प्रोजेक्ट हो । म यसलाई १० भागमा बनाउने योजनामा छु,’ उनले भने ।

उनले एक अन्तर्वार्तामा महाभारतमा आधारित फिल्म बनाउने खुलाएका थिए ।

यस्तै, हाल राजामौली फिल्म ‘एसएसएमबी २९’ बनाउने तयारीमा रहेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट