प्रदीप कार्कीको ‘तै मायाको’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख ३० मा प्रकाशित

काठमाडौं । गायक प्रदीप कार्कीको ‘तै माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ ।

डान्सिङ शैलीमा तयार छमछम नचाउने सार्वजनिक गीतले एक रोमान्टिक जोडीको प्रेम कहानीलाई देखाएको छ ।

मोडल सुनिल क्षेत्रीको अभिनय रहेको गीतको निर्देशनसमेत उनले नै गरेका हुन् । अभिनयमा सुनिललाई मोडल एलिशा शर्माले साथ दिएकी छन् ।

दुर्गा पौडेलको छायांकन रहेको भिडियोको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट