अभिनेता नितेश पाण्डेको निधन

रंग नेपाल २०८० जेठ १० मा प्रकाशित

काठमाडौं । चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

नितेश पाण्डेले धेरै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका थिए । केही समयअघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।

नितेशको निधनको खबर दिँदै टिभी अभिनेता देवेन भोजानीले अभिनेताको हृदयघातका कारण बिहान २ बजे निधन भएको बताए ।

यसअघि उनले ओम शान्ति ओम, दबंग २, रंगुन, खोसला का घोस्ला, मिकी भाइरस जस्ता चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट