स्विडेनमा यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै

रंग नेपाल २०८० जेठ २१ मा प्रकाशित

एजेन्सी । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।

स्विडिसले सेक्स खेल महासंघ नै गठन गरेको छ । यो महासंघले ८ जूनभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना पनि गर्ने भएको छ ।

स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।

हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ । युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ । आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।

धेरै पढिएका

पछिल्ला अपडेट