ई–सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्नेलाई स्कुटर

रंग नेपाल २०८० जेठ २८ मा प्रकाशित

काठमाडौं । ई–सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर पाउन सकिने भएको छ । स्कुटर जित्नका लागि एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा ई–सेवाको वेबसाइटमार्फत रिचार्ज गर्नुपर्ने छ ।

यो अभियान अवधि आगामी असार १५ गतेसम्म सञ्चालन गरिने छ । यो अवधिभर प्रयोृगकर्ताले प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ । क्यासब्याक रकम आफूले रिचार्ज गरेको २४ घण्टाभित्र ई–सेवा वालेटमा जम्मा हुनेछ ।

कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो । जसले प्रतिचार्ज ७५–१०० किलोमिटरको माइलेज दिनाका साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन सक्दछ ।

धेरै पढिएका

पछिल्ला अपडेट