‘दर्पण छाँया-२’का अभिनेता-अभिनेत्रीले गरे टिकाटालो

रंग नेपाल २०८० असार ६ मा प्रकाशित

काठमाडौं । ‘दर्पण छाँया-२’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् । सो फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक समारोहका बीच उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन् । अबको केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ । तर, विवाहको मिति भने सार्बजनिक गरिएको छैन ।

तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो ।

फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुने भने ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट