प्रकाश सपुतमाथि बियरको बोतल प्रहार

रंग नेपाल २०८० असार ११ मा प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार भएको छ । रोमानियाको एक कार्यक्रममा गीत गाइरहेको अवस्थामा उनीमाथि बोतल प्रहार भएको हो ।

उनीमाथि बोतल प्रहार भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियामा सपुतले गीत गाइरहेको अवस्थामा एक युवकले बोतल प्रहार गरेको देख्न सकिन्छ । बोतल सपुतको अनुहारमा लागेपछि केहि कार्यक्रम रोकिएको थियो । घटनाको केही बेरपछि सपुतले फेरि गीत गाएका थिए ।

कार्यक्रम आयोजकका अनुसार कार्यक्रममा सहभागि एक दर्शकले मदिरा सेवन गरेर बोतलले हिर्काएका थिए । गायक सपुतको अवस्था सामान्य रहेको र बोतल प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिइएको आयोजकले जनाएको छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट