बोतल हान्ने सुमनलाई प्रकाशले दिए माफी

रंग नेपाल २०८० असार १३ मा प्रकाशित

काठमाडौं । स्टेजमा बियरको बोतल हान्ने सुमन गुरुङलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । उनको भविष्य नबिग्रियोस भनेर प्रकाशले सुमनलाई माफी दिएको जनाएका छन् ।

सुमनले गायक प्रकाशसँग माफी माग्दै गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले प्रकाशसँग माफी मागेका छन् । प्रकाशले आफूलाई ठुलो चोट नलागे पनि आफ्नो साङ्गीतिक भविष्यकै यो पहिलो घटना भएको बताएका छन् ।

स्टेजमा गीत गाइरहेका बेला बियरको बोतल हान्नेबित्तिकै प्रहरी र सुरक्षागार्डले सुमनलाई नियन्त्रणमा लिएको थियो । रोमानियामा आइतबार राति भएको याद म्युजिक फेस्टिभलमा राति ९ बजे प्रकाशमाथि तेह्रथुमका सुमनले बियरको बोतल प्रहार गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट