नायिका आँचल शर्माले दुईवटा फेसबुक एकाउन्टविरुद्ध दिइन् उजुरी

रंग नेपाल २०८० असार २४ मा प्रकाशित

काठमाडौं । नायिका आँचल शर्माले आफ्नो चरित्र हत्या गरेको भन्दै दुईवटा फेसबुक एकाउन्टविरूद्व साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । उनले शनिबार ब्यूरोमा उजुरी दिएकी हुन् ।

आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भन्दै आँचलले निवेदन निदेकी हुन् ।

उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट