पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलामा के छ ?

रंग नेपाल २०८० साउन १ मा प्रकाशित

काठमाडौं । उच्च अदालत पोखरोले नाबालिका बलात्कार आरोपबाट अभिनेत्र पल शाहलाई सफाई दिनेबारे गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएपछि पल एक वर्षको जेल बसाइपछि गत फागुन १५ गते रिहा भएका थिए । उनलाई सफाइ दिने उक्त आदेशको ३१ पृष्ठको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । जसमा पीडित नै सबैभन्दा ठूलो प्रमाण हुने र उसैले आफूलाई बलात्कार नभएको भनेपछि अभिनेता शाहलाई सफाइ दिइएको फैसलामा उल्लेख गरिएको छ ।

‘जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने हुँदा निज पीडित अदालतमा उपस्थित भइ स्वयंले आफू उपर प्रतिवादीबाट जबरजस्ती करणी नभएको भनी स्वतन्त्र रुपले बकपत्र गर्दा गर्दै प्रतिवादी उपर किटानी जाहेरी परेकै कारणले मात्र प्रतिवादीलाई दोषी करार गर्नु न्यायसम्मत हुँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट