‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द

रंग नेपाल २०८० साउन २ मा प्रकाशित

काठमाडौं । ‘कमेडी क्लब विथ च्याम्पियन’ टेलिभिजन ‘शो’ बन्द भएको छ ।

१६ महिनादेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको शो केही समयका लागि बन्द गरिएको शो का निर्माता तथा प्रस्तोता विशाल भण्डारीले जानकारी दिएका छन् ।

भण्डारीले छोटो समय विश्राम लिन लागेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले ६९ एपिसोडको यात्राले थकित टीमलाई केही समयका लागि ब्रेक लिन आवश्यक देखेको बताएका छन् । ‘तर हामी छाटो विश्रामपछि रिचार्ज भई सुरूवाती ऊर्जामै फर्केर यहाँहरूलाई हाँसोको फोहरा छुटाउन अवश्य आउनेछौं,’ उनले लेखेका छन् ।

भण्डारीले कमेडी च्याम्पियनको सिजन ३ लिएर आउने पनि जानकारी गराएका छन् ।

‘हाम्रो टिम कमेडी च्याम्पियन सिजन ३ लिएर चाँडै आउँदै छौँ । माया र साथ कायम रहोस् । हाँस्ने र हँसाउने क्रम जारी रहने छ,’ उनले भनेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट