सर्जुन र अस्मिताको ‘मनका भावना’ सार्वजनिक

रंग नेपाल २०८० साउन २ मा प्रकाशित

काठमाडौं । गायक सर्जुन राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मनका भावना’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको सङ्गीत, रोमन बज्राचार्यको म्युजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ छ ।

सर्जुन राईको निर्देशन रहेको भिडियोमा सागर थापा(ध्रुव) र सुजाता थुलुङ(राई) फिचर्ड छन् । भिडियोमा सागर र सुजातालाई रोमान्टिक भावमा देख्न सकिन्छ । भिडियोमा दर्शकले मुस्ताङका सुन्दर लोकेसन हेर्न पाउँछन् । लोकेसन अनुसार सागर र सुजाताको रोमान्स सुहाउँदो छ ।

भिडियोकी निर्माता शान्ता राई छन् । शान्ता मोसन पिक्चर्सको प्रस्तुति रहेको भिडियो एक्स-डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट