बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट् द फ्लप’

रंग नेपाल २०८० साउन ४ मा प्रकाशित

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘ह्वाट् द फ्लप’ बन्द भएको छ । कलाकारसमेत रहेका सन्दीप क्षेत्री प्रस्तोता रहेको उक्त कार्यक्रम पूर्ण रूपमा बन्द भएको हो । केही दिनअघि अभिनेता पल शाहसँग गरेको कुराकानी विवादमा तानिएपछि टेलिभिजनले उक्त एपीसोड हटाएको थियो ।

कार्यक्रमलाई लिएर सन्दीपको पनि चर्को आलोचना भएको थियो । त्यसपछि लगत्तै अर्को एपीसोडमा पनि सन्दीपले कार्यक्रम चलाउन क्रममा आत्मग्लानी नगरेको भन्दै फेरि आलोचना भएको थियो । जसले गर्दा कार्यक्रम नै बन्द भएको हो ।

कान्तिपुर टेलिभिजनले उक्त कार्यक्रमको उत्पादन र प्रसारणमा पूर्ण रूपमा बन्द गरिएको जानकारी दिँदै त्यसको ठाउँमा अर्को कार्यक्रम ल्याउने बताएको छ ।

गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ टेलिभिजनले भनेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट