‘पियार’मा मल्लिका र अनुजको अनस्क्रिन प्रेम

रंग नेपाल २०८० साउन ११ मा प्रकाशित

काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकार युगल गायन रहेको छ । हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री दिलु गुरुङ हुन् । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’मार्फत सार्वजनिक भएको हो ।

यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो दर्शक स्रोतामाझ लोकप्रिय भइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट