छायांकनकै क्रममा विदेशमा बिक्री भयो ‘अगस्त्य : च्याप्टर वान’

रंग नेपाल २०८० साउन २४ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य : च्याप्टर वान’को छायांकन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायांकन भएको दृश्य हेरेर खरिद गरिएको सेभेन सिज इन्टरटेनमेन्टका विनोद पौडेलले जानकारी दिए । सो कम्पनिले चलचित्रलाई नेपालभन्दा बाहिर एकै मितिमा प्रदर्शन गर्नेछ ।

‘छायांकन भएको दृश्य हेर्दा यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर नेपाली दर्शक बढाउन सकिन्छ भन्ने लगेर खरिद गरेका हौँ । यो नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ’, वितरक पौडेलले भने, ‘सबै किसिमका नेपाली चलचित्रलाई प्रवासमा रहेका नेपालीमाझ पु¥याउने हाम्रो उद्देश्य हो ।’

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक चौधरीले नेपाली चलचित्र एकसाथ प्रवासमा प्रदर्शन हुनु समग्र उद्योगकै लागि खुसीको खबर रहेको बताए । उनले भने, ‘झट्ट हेर्दा हाम्रो चलचित्रलाई मात्र फाइदा देखिए पनि यसबार समग्र उद्योग नै लाभान्वित हुनेछ । अन्तर्राष्ट्रिय बजारमा चलचित्र बिक्री भएपछि निर्देशकलाई निर्माणमा झनै सहज हुन्छ ।’ सञ्जय लामा छायांकर रहेको दुई शृङ्खलामा बन्ने ‘अगस्त्य’ को कथा निर्देशक चौधरीले लेखेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट