यश कुमारको ‘सुस्तरी सुस्तरी’ सार्वजनिक

रंग नेपाल २०८० साउन २६ मा प्रकाशित

काठमाडौं । गायक यश कुमारको ‘सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक भएको छ । यश कुमारको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन् ।

यश कुमारको संगीत रहेको गीतमा एसके बच्चाले संगीत संयोजन गरेका छन् । गीतमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगर प्रहरीबिचको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाको पनि अभिनय रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको गीतलाई विकास धमलाले सम्पादन गरेका छन् । गीतको कथा यश कुमार आफैँले तयार पारेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट