विशाल निरौलाको ‘भैगो अब म नि रुन्न’ सार्वजनिक

रंग नेपाल २०८० साउन २७ मा प्रकाशित

काठमाडौं । विशाल निरौलाको स्वर तथा संगीत र एलोन रेशमको शब्द रहेको ‘भैगो अब म नि रुन्न’ बोलको गीत सार्वजनिक भएको छ ।

विदेशमा रहेर पनि नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने पशुपति चौलागाईंको अभिनय रहेको गीतको भिडियोमा उनलाई विना राउतले साथ दिएकी छिन् । उक्त गीतको भिडियोमा अभि सुनार पनि फिचर्ड छन् ।

म्युजिक भिडियोको निर्देशन राहुल बराइलीको रहेको छ । मुकेश हुमागाइंले छायांकन गरेकाे भिडियोको सम्पादन विनोद बमले गरेका हुन् । भिडियो एएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट