अस्ट्रेलियामा ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान

रंग नेपाल २०८० साउन ३१ मा प्रकाशित

काठमाडौं । ‘नइ एकेडेमी अस्ट्रेलिया’ले आसन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी’ पुरस्कार प्रदान गरेको छ ।

‘नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड’ नाम दिइएको सो पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला तथा कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही पाँच सय डलर रहेको छ ।

सो अवसरमा अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने नारीलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेमा श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी रहनुभएको नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिइन् ।

एनआरएनए, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरु लागिरहने बताइन् । सोही संस्थाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए । अष्ट्रेलियाका सांसद डोना डेविसले नइ एकेडेमी अस्ट्रेलियाको सो कार्यको प्रसंशा गरिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट