बलिउड सेलिब्रेटी साहिल खान नेपाल आइपुगे

रंग नेपाल २०८० भदौ २ मा प्रकाशित

काठमाडौं । बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका छन् । बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी आज शनिबार नेपाल आएका हुन् ।

स्टाइल, एक्सक्युज मि, डबल क्रस, यहि हे जिन्दगी, अलादीन जस्ता चलचित्रका अभिनेता खानले नेपाल आउँदा आफूलाई खुसी लागेको बताए । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिङ कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर खान भोलि फर्किनेछन् ।

खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तर्रास्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरू पनि आएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतोयोगिताको आज फाइनल हुने जानकारी सज्ञान खरेलले दिए ।

इन्डियाको फ्रेन्च आइज ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन् । कार्यक्रममा नेपाल, मलेसिया, युएई र भारतका खेलाडीहरूले भाग लिएका छन् ।

फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट