गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलियामा प्रतिबन्ध

रंग नेपाल २०८० भदौ ७ मा प्रकाशित

काठमाडौं । गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलियाले प्रतिबन्ध लगाएको छ । उनको अष्ट्रेलियाको भिसा रद्द भएको हो ।

गत होलीमा समिक्षा सिड्नीमा आयोजित कार्यक्रममा भाग लिन अष्ट्रेलिया गएकी थिइन् । उनले त्यो बेला आफू १८ वर्ष नपुगेको कारण केयर टेकरको रूपमा दिदीलाई साथमा लगेकी थिइन् । तर फर्केर आउँदा समिक्षा मात्रै आइन् दिदी आइनन् ।

समिक्षाले दिदीलाई अष्ट्रेलिया नै छोडेर आएकी थिइन् । जुन अष्ट्रेलियाको कानून विपरित हो । १८ वर्ष नपुगेकाले अष्ट्रेलिया जाँदा केयर टेकर लैजान पाउने सुविधा रहन्छ जसलाई समिक्षाले दुरूपयोग गरेकी हुन् ।

उनले दिदीलाई उतै छोडेर आएपछि उनले फेरि तीज कार्यक्रमका लागि अष्ट्रेलिया जान अर्की एकजना केयर टेकरसहित आफ्नो भिसा अप्लाई गरेकी थिइन् । तर अष्ट्रेलियाले उनलाई भिसा नदिएर प्रतिबन्ध नै लगाएको हो । जसले गर्दा उनले अष्ट्रेलियामा हुने तीज कार्यक्रममा सहभागी हुन नपाउने भएकी हुन् । उनीमाथिको प्रतिबन्ध के कति समयसम्मका लागि हो वा सधैँका लागि हो भन्नेबारेमा भने खुलाइएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट