एसिया कप क्रिकेटको उद्घाटनमा गायिका त्रिशला गुरुङले दिइन् प्रस्तुति

रंग नेपाल २०८० भदौ १४ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

बुधबार पाकिस्तानको मुल्तानमा भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।

उद्घाटन सत्रमा नेपाल र घरेलु टोली पाकिस्तानबीच खेल भएको थियो । नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो ।

धेरै पढिएका

पछिल्ला अपडेट