निरुता सिंहले गरिन् विवाह

रंग नेपाल २०८० भदौ १६ मा प्रकाशित

काठमाडौं । अभिनेत्री निरूता सिंहले बिहे गरेकी छन् । उनले मुम्बईका संजीभ गुलाटीसँग लगनगाँठो कसेकी हुन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन् ।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो …’निरूता जी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले भनेकी छन् ।

निरुतालाई थुप्रै कलाकारहरूले बधाई एवं शुभकामना दिइरहेका छन् ।  पछिल्लो समय नेपाली फिल्मबाट टाढा रहेकी निरुता मुम्बईमा बस्दै आएकी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट