तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

रंग नेपाल २०८० भदौ १८ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार देवबहादुर साहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले ।

सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् ।

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट